मार्दी खोलामा जल सतहले सतर्कता तह पार, बिहानसम्म उच्च सतर्क रहन आग्रह
ratopati.com · Mon Aug 31 18:23:46 GMT 2026

काठमाडौँ । कास्की जिल्ला भएर बग्ने मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले भदौ एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देश गरेको हो ।
महाशाखाका अनुसार कास्कीस्थित मार्दी खोला लाहाचोक जल मापन केन्द्रमा जल सतहले सतर्कताको बिन्दु पार गरेको छ र यो अझै बढ्दो क्रममा रहेको छ। नदीमा पानीको बहाव लगातार बढिरहेकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
Read full story at source (ratopati.com)