नेपालका सडकमा गुडिरहेका छन् ६३ हजारभन्दा बढी विद्युतीय गाडी
kendrabindu.com · Mon Aug 10 02:34:01 GMT 2026

काठमाडौं । पछिल्लो समय नेपालको सडकमा गुड्ने विद्युतीय सवारी बढिरहेका छन्। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय यातायात नीतिमा पछिल्लो एक दशकमा ६३ हजार २ सय ८० विद्युतीय सवारी दर्ता भएको उल्लेख छ। तर संख्या बढे पनि त्यसअनुसार पूर्वाधार भने पर्याप्त नभएको सरोकारवाला बताउँछन्।
बर्खामा यस्ता सवारी गुडाउँदा, पानीमा ब्याट्री डुब्दा बिग्रने जोखिम कत्तिको रहन्छ? थापाथली इन्जिनियरिङ क्याम्पसको अटोमोबाइल तथा मेकानिकल इन्जिनियर विभागका प्रशिक्षक लक्ष्मण पलिखेल भन्छन्, ‘अहिलेसम्म नेपालमा विद्युतीय सवारीको प्रयोग र समस्याबारे राम्रोसँग अध्ययन गरिएको छैन।’ तर गाडी आयात गर्दा ‘आईपी सिक्टी सेभेन टेस्ट’ पास गरेर ल्याएको सर्टिफिकेट बिक्री गर्ने कम्पनीहरूसँग हुने उनले बताए।
Read full story at source (kendrabindu.com)