मकवानपुरबाट पेस्तोल बरामद, एक जना पक्राउ
annapurnapost.com · Mon Aug 10 02:44:15 GMT 2026

काठमाडौं : मकवानपुरबाट एक थान पेस्तोल र म्यागजिन बरामद गरिएको छ । बागमती गाउँपालिका –०९ बेतिनी अगौटेस्थित टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।
प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।
Read full story at source (annapurnapost.com)