चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
annapurnapost.com · Mon Aug 10 02:46:34 GMT 2026

काठमाडौं : चितवनमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालमा पठाएको थियो । अस्पताल पुर्याइएका उनलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन् ।
Read full story at source (annapurnapost.com)