प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदुतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
rajdhanidaily.com · Mon Aug 10 03:09:48 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले आज भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ भने आज दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
Read full story at source (rajdhanidaily.com)