देउवा पक्षले सार्न दबाब दिए पनि कांग्रेस महाधिवेशन निर्धारित मितिमै गर्ने तयारी
kendrabindu.com · Mon Aug 10 03:57:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिकाअनुसार नै पार्टीको १५औं महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगनकुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकताअनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गरेका हुन्।
कांग्रेसको आगामी महाधिवेशन १६–१९ असोजमा काठमाडौंमा हुने तालिका यसअघि नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया २ भदौदेखि सुरु हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्न बिहीबार आदेश दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दबाब दिँदै आएको छ।
Read full story at source (kendrabindu.com)