लालपुर्जा र सम्मानजनक पुनर्स्थापनाको माग गर्दै सुकुम्बासी मोर्चाले आन्दोलन घोषणा
nepallive.com · Mon Aug 10 04:00:00 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी पुनर्स्थापना, भूस्वामित्व र विस्थापनको क्षतिपूर्तिको माग गर्दै चरणबद्ध शान्तिपूर्ण आन्दोलन घोषणा गरेको छ।
मोर्चाका अध्यक्ष कुमार राई र इन्चार्ज दल मर्दन कामीले संयुक्त रूपमा सार्वजनिक गरेको ‘घोषणापत्र–२०८३’ मा आवासको अधिकार, भूस्वामित्व, सामाजिक न्याय र मानवीय मर्यादालाई सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। मोर्चाले आवास नागरिकको संवैधानिक अधिकार भएकाले राज्यले दयाको रूपमा नभई अधिकारका रूपमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने जनाएको छ।
Read full story at source (nepallive.com)