घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
nagariknews.nagariknetwork.com · Tue Jun 30 04:57:58 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो ।
अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल–घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट विनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए। ‘घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाइँ लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ’, उनले भने, ‘विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ।’
Read full story at source (nagariknews.nagariknetwork.com)