पाल्पाबाट बुटवल आउँदै गरेको जीप झुम्सामा दुर्घटना, १० जना घाइते
lokaantar.com

पाल्पाबाट बुटवल आउँदै गरेको यात्रुबाहक पिकअप जीप दुर्घटनामा परेको छ । पाल्पाको माथागढी गाउँपालिका–५ बाट बुटवलका लागि छुटेको लु १ ज २२३७ नम्बरको जीप सोमबार बिहान तिनाउ गाउँपालिका–४ चिउरीडाडामा अनियन्त्रित भई दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
Read full story at source (lokaantar.com)