कोटेश्वरमा दिउँसै अपहरण कि प्रहरीको अपरेसन? याङ्गो राइडरको पछाडि बसेका विद्यार्थी एकाएक गायब
barnanmedia.com · Mon Aug 10 04:23:02 GMT 2026

काठमाडौंको कोटेश्वर क्षेत्रमा दिउँसै याङ्गो राइडमा सवार एक विद्यार्थी अचानक सम्पर्कविहीन भएपछि घटना रहस्यमय बनेको छ। प्रत्यक्षदर्शी तथा स्थानीयबीच घटना अपहरण हो कि प्रहरीको कुनै विशेष अपरेसन भन्नेबारे अन्योल देखिएको छ।
विद्यार्थी याङ्गो राइडरको पछाडि बसेर गइरहेका बेला केही व्यक्तिले रोकेको र त्यसपछि विद्यार्थी देखिन छाडेको बताइएको छ। घटनापछि स्थानीयले अपहरणको आशंका गरेका छन् भने प्रहरीको कुनै अनुसन्धान वा अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान पनि गरिएको छ।
Read full story at source (barnanmedia.com)