कोशीमा कांग्रेसलाई सरकार छाड्न सकस ! एमाले-नेकपा भागबन्डामा व्यस्त
lokaantar.com

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार पुनर्गठन गर्ने समझदारी भएको लामो समय बित्दा पनि कोशीमा भने नेपाली कांग्रेस सरकारमै छ । संसदीय दलका नेता एवं प्रदेश सभापति उद्धव थापाले सरकारमा टाँसिइरहन खोजेको आरोप लाग्न थालेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका उपनेता हिमाल कार्कीले नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । कार्कीले साउन ९ गते नै केपी शर्मा ओली र पुष्पकमदल दाहाल प्रचण्डबीच सहमति भएपछि वर्तमान गठबन्धनको औचित्य समाप्त भइसकेको बताए । ‘पार्टीको केन्द्रीय नीति नै प्रतिपक्षविहीन सरकारमा नजाने भन्ने हो । नेकपा र एमाले मिल्नु भनेको हामी प्रतिपक्षमा हुनु हो । तर, अझै सरकारमा झुण्डिएर बस्नु पदको लोभ देखाउनु मात्रै हो । यसले पार्टीको छवि खस्काउने काम गरेको छ ।’
Read full story at source (lokaantar.com)