साइमेक्सद्वारा देशभर 'बीवाईडी अपडेट टु केयर प्लस' अभियान अन्तगर्त 'बीवाईडी अपडेट टु केयर प्लस' अभियान सुरु
nepalsamaya.com · Mon Aug 10 04:55:00 GMT 2026

काठमाडौं- नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक. प्रा.लि. ले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ विद्यमान बीवाईडी ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी 'बीवाईडी अपडेट टु केयर प्लस' अभियान सुरु गरेको छ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आज आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ र यो अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जनाएको छ। यो अभियानले ग्राहक यात्राको प्रत्येक चरणमा ‘सुपेरियर र सिन्सियर सर्भिस’ उपलब्ध गराउने बीवाईडी नेपालको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ। यो अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु भएको हो। आगामी अगस्ट ११, २०२६ अर्थात् साउन २७ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमार्फत उपलब्ध हुने नेपाली अटोमोबाइल तथा विद्युतीय सवारी क्षेत्रका लागि महत्वपूर्ण सप्ताहलाई यसले थप विशेष बनाउने अपेक्षा गरेको छ।
Read full story at source (nepalsamaya.com)