टर्किएका विदेशमन्त्री भने - मक्का सम्झौता इरान लक्षित छैन
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । टर्किएका विदेशमन्त्री हकान फिदानले हालै साउदी अरबको मक्कामा भएको संयुक्त रक्षा सम्झौताले इरानलाई कुनै पनि किसिमले लक्षित नगरेको स्पष्ट पारेका छन्। अनादोलु एजेन्सीसँग कुराकानी गर्दै उनले यो सम्झौता पूर्ण रूपमा रक्षात्मक प्रकृतिको भएको र यसको मुख्य उद्देश्य हस्ताक्षरकर्ता राष्ट्रहरूलाई बाह्य आक्रमणबाट जोगाउनु मात्र रहेको बताए। विगत दुई वर्ष आठ महिनादेखि विभिन्न क्षेत्रीय देशहरूसँगको सहकार्यमा यसको तयारी गरिएको उनले जानकारी दिए।
कुनै पनि मुलुकलाई लिखित रूपमा साझा खतराका रूपमा उल्लेख नगरिएको स्पष्ट पार्दै उनले हस्ताक्षरकर्ता राष्ट्रहरूमाथि आक्रमण नगर्ने कुनै पनि देशलाई यो सम्झौताले निशाना नबाउने र इरान पनि यसको निशानामा नरहेको दोहोर्याए।
Read full story at source (hamrakura.com)