सर्ट फिल्म ‘नेपाली विरताको गाथा’ को छायांकन सुरु
kalakarmi.com · Mon Aug 10 05:12:30 GMT 2026

काठमाडौं – रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुती तथा रिमेश अधिकारीको परिकल्पना / निर्माण र निर्देशनमा नेपाली सेनाको विशेष सहयोगमा पृथ्वीनारायण शाहले गरेको एकीकरण देखि सुगौली सन्धी सम्मको इतिहासलाइ फिल्मको पर्दामा उतारी फिल्म मार्फत रास्ट्रीय अन्तर्राष्ट्रिय स्तरमा प्रदर्सन गर्ने उदेश्यका साथ सर्ट फिल्म ‘नेपाली विरताको गाथा’ को २०८३ श्रावण २५ सोमवार, आज बाट नेपाली सेनाको मुख्यालय भित्र रहेको पृथ्वीनारायण पुस्ताकालय बाट छायांकन सुरु भएको छ ।
बिश्वमा हुने विभिन्न महोत्सव, अवार्डको लागि तथा विशेष शैक्षिक सामाग्रीका लागि देशको एक जिम्मेवार नागरिक भएकाले त्यो गर्विलो ईतिहास फिल्म मार्फत दस्ताबेजिकरण गर्न र आफ्नो क्षेत्र मार्फत राष्ट्र प्रती योगदान पुगोस भनेर यो सर्ट फिल्म निर्माण गर्न लागेको जानकारी निर्माता / निर्देशक रिमेश अधिकारीले बताए ।
Read full story at source (kalakarmi.com)