सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
barnanmedia.com · Mon Aug 10 05:25:31 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।
Read full story at source (barnanmedia.com)