इजरायलमा नेपाली सञ्चारकर्मी प्रतिनिधिमण्डललाई स्वागत
ratopati.com · Mon Aug 10 05:31:37 GMT 2026

जेरुसेलम । इजरायल भ्रमणमा रहेको नेपाली वरिष्ठ सञ्चारकर्मी प्रतिनिधिमण्डललाई इजरायलको परराष्ट्र मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयका वरिष्ठ प्रतिनिधि तथा दक्षिण एसिया विभागका प्रमुख माइकल वेइलर तालले नेपाली टोलीलाई स्वागत गर्दै नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गरिन् ।
उनले नेपाल र इजरायलबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, दुई देशबिचको सहकार्यका विभिन्न क्षेत्रहरू र आपसी सम्बन्धको महत्वबारे प्रकाश पार्दै सन् १९६० मा स्थापना भएको कूटनीतिक सम्बन्धदेखि हालसम्म दुई देशबिच विश्वास, सहयोग र जनस्तरीय सम्बन्ध मजबुत हुँदै आएको स्मरण गराइन् ।
Read full story at source (ratopati.com)