रोपाइँ सकिँदा पनि मल नपाएकोमा प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
ratopati.com · Mon Aug 10 05:36:27 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’
Read full story at source (ratopati.com)