सरकारले किसानलाई सहज रूपमा मल वितरण गरोस् : दाहाल
nagariknews.nagariknetwork.com · Mon Aug 10 05:35:02 GMT 2026

नेकपाका संयोजक पुष्पकमल दाहालले रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत दाहालले यस्तो बताएका हुन्। उनले सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए। साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उल्लेख गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)