महिलालाई सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
bishowkhabar.com · Mon Aug 10 05:49:21 GMT 2026

काठमाडौं– नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाली महिलाका लागि विशेष महत्व राख्ने श्रावण महिनाको अवसरमा कार्यक्रम श्रावण २३ र २४ गते आयोजना गरिएको कम्पनीले जनाएको छ ।
शनिबार र आइतबार आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासहित सामाजिक सञ्जालमार्फत सहभागी भएका विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको उल्लेखनीय सहभागिता रहेको थियो । कम्पनीका अनुसार कार्यक्रमले सहभागीलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी–सङ्गीसँग एकै ठाउँमा मनाउने अवसर प्रदान गरेको हो ।
Read full story at source (bishowkhabar.com)