विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
lokaantar.com

रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ तथा महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)