सहमति नहुँदा एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव
ratopati.com · Mon Aug 10 06:09:52 GMT 2026

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ । साउन १९ मा २२ वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो । उनी देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदाय बिचको दङ्गामा परेर घाइते भएका हुन् ।
सरकार पक्ष र मृतकका परिवारसँग सहमति हुन नसक्दा रविन्द्रको शवको पोस्टमार्टम हुन सकेको छैन । पीडित पक्षले शव परीक्षण गर्नुअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् । सहिद घोषणा गर्न निश्चित कार्यविधि पुरा गर्नुपर्ने हुनाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीले बताए ।
Read full story at source (ratopati.com)