सीटीइभीटीका करार तथा ज्यालादारी कर्मचारीहरूले घेरे केन्द्रीय कार्यालय
ratopati.com · Mon Aug 10 06:37:26 GMT 2026

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २,२०० करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । लामो समयदेखि समान प्रकृतिको काम गर्दा पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै साउन १४ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले व्यवस्थापनले मागप्रति सुनुवाइ नगरेपछि केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको बताएका छन्।
Read full story at source (ratopati.com)