सिजनको बेला पर्यटन क्षेत्रमा डिप्रेसन- नयाँ मन्त्रीको देखिएन पर्यटनमैत्री ‘इम्प्रेसन’
nepalpress.com · Mon Aug 10 06:40:46 GMT 2026

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन बढेको तथ्यांकलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरिरहे पनि पर्यटन व्यवसायी भने यसबाट उत्साहित हुन सकेका छैनन्। वर्षमा ४० लाख पर्यटकलाई सेवा दिनसक्ने पूर्वाधार तयार भइसकेको अवस्थामा गत आर्थिक वर्ष २०८२/८३ मा करिब १२ लाख पर्यटक मात्रै नेपाल आएपछि व्यवसायीले सरकारको पर्यटन नीति, प्रवर्द्धन र नयाँ योजनामाथि प्रश्न उठाएका छन्।
कोरोना महामारीपछि विश्व पर्यटन तीव्र गतिमा पुनरुत्थान भइरहँदा नेपालमा भने पर्यटक आगमन अपेक्षित गतिमा बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ। होटल, ट्राभल, ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा खर्बौँ रुपैयाँ निजी लगानी भइसके पनि त्यसअनुसार पर्यटक आकर्षित गर्ने सरकारी रणनीति कमजोर रहेको उनीहरूको आरोप छ।
Read full story at source (nepalpress.com)