नागढुंगा सुरुङमार्गकाे हतारमा उद्घाटन, सर्वसाधारणले अझै कुर्नुपर्ने
nepalpress.com · Mon Aug 10 07:09:53 GMT 2026

काठमाडौं । औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि सञ्चालनमा आएको छैन । सडक विभागले भने सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
Read full story at source (nepalpress.com)