फिल्म ‘अक्षरा’ मा सुशील र न्यान्सीको पारिवारिक पिडा
ratopati.com · Mon Aug 10 07:10:21 GMT 2026

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो ‘अक्षरा’ । विनयराज पौडेलको निर्देशन रहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेन्डको टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ ।
केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धन सम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने कारुणिक कथा टिजरमा समेटिएको छ । फिल्ममा सुशील पोखरेल बुबा र न्यान्सी खड्का उनकी छोरीको भूमिकामा छन् भने सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन् ।
Read full story at source (ratopati.com)