नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र खारेज
khabarhub.com · Mon Aug 10 07:21:51 GMT 2026

काबुल- अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन इजाजतपत्र निलम्बन तथा खारेज गरेको छ।
अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सात निजी उच्च शिक्षा संस्थाको इजाजतपत्र एक वर्षका लागि निलम्बन गरिएको छ भने दुई संस्थाको इजाजतपत्र स्थायी रूपमा खारेज गरिएको छ। मन्त्रालयका अनुसार सन् २०२६ को वसन्त सेमेस्टरमा गरिएको निरीक्षण तथा मूल्याङ्कनका आधारमा कारबाही गरिएको हो।
Read full story at source (khabarhub.com)