यसपालिको मनसुनले ५२ हजार घरधुरी प्रभावित हुनसक्ने, २ लाख २६ हजार जनतालाई असर पर्नसक्ने
nepalpress.com · Sat May 16 00:43:11 GMT 2026

काठमाडौँ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ ।
कार्ययोजनामा भनिएको छ, ‘यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१ हजार ८ सय ६८ घरपरिवारका दुई लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।’
Read full story at source (nepalpress.com)