तस्बिरमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम
kathmandupress.com · Sun Sep 18 09:06:00 GMT 2022
काठमाडाैं, असाेज २ : आज विश्व आत्महत्या रोकथाम दिवस हो। हरेक वर्ष सेप्टेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। विश्वमा बढ्दाे सामाजिक समस्याका रूपमा रहेकाे आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले याे दिवस मनाउन थालिएकाे हाे।
विश्वका विभिन्न मुलुकका साथै नेपालमा पनि विभिन्न संघसंस्थाले सचेतना कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।
नेपाल प्रहरीले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी-समुदाय कार्यक्रमअन्तर्गत देशभरि नै आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिरहेको छ।
साथै स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था र विभिन्न विद्यालयले पनि प्रहरीसँग मिलेर संयुक्त रुपमा विविध तरिकाले सचेतना कार्यक्रम गरेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले रानीपोखरीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोललगायतको सहभागिता थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी थिए।
‘आत्महत्याको सोच आएमा साथीसँग कुरा गराैं', 'मानसिक रोगले ग्रसित व्यक्तिलाई हेला नगराैं', 'मानसिक रोग नलुकाऔं', 'सुन्दर जीवनलाई बर्बाद नपाराैं', 'निराशावादी साेच त्यागेर आशावादी बनाैं' जस्ता सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको छ।
Read full story at source (kathmandupress.com)