यी हुन् अर्थमन्त्रीले छलफलमा बोलाएका २० बहुराष्ट्रिय कम्पनी
ratopati.com · Mon Aug 10 08:00:41 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु भएको हो ।
छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन् । छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (ratopati.com)