भक्तपुर क्यान्सर अस्पतालमा लिन्याक मेसिन पुनः सञ्चालन, रेडियोथेरापी सेवा सुरु
ratopati.com · Mon Aug 10 08:05:49 GMT 2026

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा विद्युत् प्रणालीको उच्च भोल्टेज (हाई भोल्टेज) का कारण बिग्रिएर केही दिनदेखि अवरुद्ध बनेको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ ।
अस्पतालमा रहेका दुई वटा रेडियोथेरापी मेसिनमध्ये लीनियर एक्सिलेरेटर (लिन्याक) मेसिनमा प्राविधिक क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। प्राविधिक मर्मत पश्चात् सेवा पुनः सञ्चालनमा आएसँगै रोकिएका बिरामीहरूको उपचारलाई पहिलो प्राथमिकता दिएर सेवा दिन थालिएको छ।
Read full story at source (ratopati.com)