माछापालनबाट मासिक २५ लाख आर्जन
rajdhanidaily.com · Mon Aug 10 08:15:52 GMT 2026
घोडाघोडी । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक २५ लाख बचत गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिक–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।
पाँच वर्षअघि बैंकबाट कुल ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थालेका हुन् । माछा उद्यमीका रुपमा परिचित विनोदको उमेर २७ वर्षको छ । पाँच वर्षअघि सीमित लगानीबाट उनले माछापालन सुरु गरेका हुन् । सुरुमा लगानी भए पनि अहिले भने विनोद माछापालन व्यवसायबाट खुसी छन्।
Read full story at source (rajdhanidaily.com)