फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक
himalpress.com · Mon Aug 10 08:17:53 GMT 2026

काठमाडौँ- फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। फिल्ममा सुशील पोखरेल बुबा र न्यान्सी खड्काले छोरीको भूमिकामा देखिएकी छन्। त्यसैगरी, सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित यस फिल्मकी प्रस्तुतकर्ता सोनी थापा ढुंगाना हुन् भने उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। फिल्मको मूल कथा निर्माता उग्रसेन स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन्।
Read full story at source (himalpress.com)