बालेनलाई एमाले सांसदको सुझाव : देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ
annapurnapost.com · Mon Aug 10 08:21:11 GMT 2026

काठमाडौं : एमाले संसदीय दलको सचेतकमा नीता घतानीले विपक्षी दल सदनका प्रतिपक्षी भएपनि नेपालका विपक्षी नभएको बताएकी छन्। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेको सीमाबारेको अभिव्यक्तिलाई विरोध गर्दै उनले नेपालको भूगोल, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको आवाज बोकेर संसदमा उभिएको बताएकी हुन्।
उनले सीमा नेपालको भूगोल, सार्वभौमसत्ता स्वाभिमान पुर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व भएको उल्लेख गरिन्। ‘हामी यो सदनका प्रतिपक्षी हौँ, नेपालका विपक्षी होइनौँ। यो सदन अवरुद्ध गर्ने हाम्रो इच्छा होइन। हामी संसद् जिम्मेवार ढंगले चलोस् भन्ने चाहन्छौँ। जनताका समस्या उठाउन चाहन्छौँ। सरकारलाई जिम्मेवार बनाउन चाहन्छौँ। तर नेपालको भूगोल र सार्वभौमसत्तासँग जोडिएको विषयमा हामी मौन बस्न सक्दैनौँ।’ उनले भनिन्,‘त्यसैले हाम्रो बिरोध निरन्तर छ। प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ।उक्त विवादित भनाइ सम्मानित संसद्को अभिलेखबाट हटाउनुपर्छ। न सच्याउने, न हटाउने हो भने इतिहासले आफैँ फैसला गर्नेछ।’
Read full story at source (annapurnapost.com)