रोशी गाउँपालिकाद्वारा १० लाख सहयोगको घोषणा
barnanmedia.com · Thu Aug 27 16:11:51 GMT 2026

बुधबार रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई काभे्रपलाञ्चोकको रोशी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी÷शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रकम तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट सो रकम प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
Read full story at source (barnanmedia.com)