भोटेकोशी बाढी : त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
reportersnepal.com · Thu Aug 27 16:16:00 GMT 2026

गोरखा । भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरू फेला पारेको हो ।
त्रिशूलीमा अधिकांश शव शारीरिक रूपमा क्षति भई चिन्न नसकिने अवस्थामा फेला परेका जनाउँदै प्रहरी नायब उपरीक्षक श्रेष्ठले ११ वटा सग्ला शव फेला परेका बताए । “हालसम्म फेला परेका ११ वटा सग्ला शव पोखरा पठाएका छौँ । शारीरिक रूपमा क्षति भएका शव गोरखा अस्पतालको शवगृहमा छन्”, उनले भने ।
Read full story at source (reportersnepal.com)