फरक–फरक उद्देश्य र कानुनी संरचना भएका दुई सरकारी निकाय गाभ्न पाइँदैन : सांसद कार्की
ratopati.com · Mon Aug 10 08:43:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले फरक–फरक उद्देश्य र कानुनी संरचना भएका दुई सरकारी निकायलाई गाभ्ने सरकारको निर्णयको विरोध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले ‘नेपाल इन्टरमोडल यातायात विकास समिति’ र ‘नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी लिमिटेड’ को कार्यक्षेत्र र प्रकृति पूर्णतः भिन्न रहेको बताए ।
सांसद कार्कीका अनुसार ‘नेपाल इन्टरमोडल यातायात विकास समिति’ एक वैधानिक र विशिष्टीकृत संस्था हो, जुन विश्व बैंकको प्राविधिक अध्ययनका आधारमा नेपालको इन्टरमोडल यातायात प्रणाली विकास गर्न स्थापना गरिएको हो । अर्कोतर्फ, नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी सरकारको पूर्ण स्वामित्वमा रहेको एक व्यावसायिक कम्पनी हो ।
Read full story at source (ratopati.com)