ढल्केबर ट्रमा सेन्टर निर्माणको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरस्थित ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्योलताबारे सरकारको आधिकारिक धारणा माग गरेका छन्।
सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको र सभामुखबाट सरकारलाई सदनमा स्पष्ट धारणा राख्न निर्देशन भइसकेको स्मरण गराउँदै यादवले हालसम्म उक्त विषय सदनको कार्यसूचीमा नपरेकोमा असन्तुष्टि व्यक्त गरे। ढल्केबर ट्रमा सेन्टरका लागि आवश्यक सबै तयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्दा विभिन्न शङ्का–उपशङ्का उब्जिएको उनको भनाइ छ।
Read full story at source (hamrakura.com)