घरबाटै ‘ड्रग डिलिङ’ धन्दा
annapurnapost.com · Mon Aug 10 08:47:13 GMT 2026

काठमाडौं : ललितपुरको कुपण्डोलस्थित एउटा तीनतले घर। घरको चारैतिर सीसीटीभी क्यामेरा। सुरक्षाका लागि बाहिर कुकुर। घरभित्र प्रवेश गरेपछि पनि तीनवटा फलामे ढोका। अनि माथिल्लो तलामा छुट्टै कोठा–जहाँबाट लागुऔषधको कारोबार चल्थ्यो।
प्रहरीका अनुसार यही घरलाई ‘ड्रग डिलिङ अफिस’ बनाएर लागुऔषधको कारोबार गर्दै आएका ललितपुर महानगरपालिका–१ कुपण्डोलका प्रज्ज्वल केसी हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्। केसीलाई प्रहरीले घरबाटै ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। उनको साथबाट लागुऔषध तौलने डिजिटल तराजु, कारोबारमा प्रयोग भएका पाँचवटा सिमकार्डसहितका पाँचवटा मोबाइल फोनसमेत बरामद भएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
Read full story at source (annapurnapost.com)