ट्रमा सेन्टर सार्ने षड्यन्त्रविरुद्ध ढल्केवरमा चक्काजाम, पूर्वपश्चिम राजमार्ग ठप्प
annapurnapost.com · Mon Aug 10 08:50:56 GMT 2026

ढल्केवर (धनुषा) : ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन्। ट्रमा सेन्टर ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित जारी आन्दोलनअन्तर्गत सोमबार स्थानीयले बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन्। चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि लामो समयदेखि स्थानीयस्तरबाट दबाब र पहल हुँदै आएको छ। तर, सरकारले ढल्केवरमा बन्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै स्थानीय आक्रोशित छन्। गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ट्रमा सेन्टर ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित स्थानीयहरूले आन्दोलन चर्काएका छन्।
Read full story at source (annapurnapost.com)