राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै
kalakarmi.com · Mon Aug 10 09:02:44 GMT 2026

काठमाडौं- ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको छ । सोमवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल गरिएको हो ।
उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई कार्ययोजनाअनुसार योजना तथा बजेट बनाएर अघि बढ्न निर्देशन दिइएको जानकारी दिए । उनले भने, ‘अहिले भएका काम कारबाहीको विषयमा स्वीकृत भइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघका सबै निकाय र प्रदेश र स्थानीय तह सबैमा यो कार्ययोजनाबमोजिम योजना बनाउने र कार्यान्वयनमा लैजाने र बजेट बनाउने पनि भएकाले त्यो बजेटको सीमितताभित्र रही त्यसलाई कार्यान्वयन गर्ने निर्देशन सबै तीनवटै तहमा पुगिसकेको छ ।’
Read full story at source (kalakarmi.com)