गोठमा फ्यान चलाउँदा करेन्ट लागेर सप्तरीमा एक पुरुषको मृत्यु
nagariknews.nagariknetwork.com · Mon Aug 10 09:09:13 GMT 2026

तिलाठी कोईलाडी गाउँपालिका-२ लौनियाका ५८ वर्षीय लाल देब खंगको गोठमा फ्यान चलाउने क्रममा करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ।
आफ्नै गोठमा रहेको फ्यान चलाउन खोज्दा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। लगत्तै उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएका खंगको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)