संसद्को गरिमा जोगाउन ड्रेस कोड लागू गर्न एमाले सांसद पोखरेलको माग
kendrabindu.com · Mon Aug 10 09:17:40 GMT 2026

काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को मर्यादा र गरिमा कायम राख्न सांसद तथा सरकारका उच्च पदाधिकारीका लागि पोसाकसम्बन्धी स्पष्ट आचारसंहिता लागू गर्न माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरू नै टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेकोप्रति आपत्ति जनाए। उनले संसद् जस्तो गरिमामय संस्थामा सहभागी हुँदा निश्चित पोसाकको मापदण्ड पालना गर्नुपर्ने बताए।
Read full story at source (kendrabindu.com)