राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन
annapurnapost.com · Mon Aug 10 09:06:32 GMT 2026

काठमाडौं :राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकताको सम्बन्धमा विगत दुई वर्षदेखि छलफल गरी समितिले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति सरकारले जारी गरेकोमा धन्यवाद दिँदै यसको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि तत्काल ’सदाचार ऐन’ को विधेयक यही अधिवेशन ल्याउन सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्ण प्रसाद पौडेलले बताए । सबै निकायमा तत्काल ’फोकल पोइन्ट’ तोक्न, आचारसंहिता निर्माण गरी लागू गर्न–गराउन र विद्यालय पाठ्यक्रममा ’सदाचार शिक्षा’ समावेश गर्न समेत सरकारलाई निर्देशन दिइएको उनले बताए।
Read full story at source (annapurnapost.com)