त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी
barnanmedia.com · Mon Aug 10 09:17:07 GMT 2026

इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको रक्षा सम्झौताले मध्यपूर्व तथा आसपासका मुलुकको संयुक्त राज्य अमेरिकाप्रतिको धारणा परिवर्तन भइरहेको सङ्केत गरेको दाबी गरेको छ । तेहरानले क्षेत्रीय मुलुकहरू आफ्नो सुरक्षा सुनिश्चित गर्न अमेरिकामाथिको निर्भरता घटाउँदै आफ्नै सुरक्षा सहकार्यतर्फ अघि बढिरहेको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार साप्ताहिक पत्रकार सम्मेलनमा उक्त सम्झौता क्षेत्रीय सुरक्षा संरचनामा आएको परिवर्तनको सङ्केत भएको बताएका छन् । उनले सुरक्षा कुनै बाह्य शक्तिबाट खरिद गर्न सकिने वस्तु नभएको टिप्पणी गर्दै क्षेत्रका मुलुकले विगतमा जस्तै अमेरिकाले उपलब्ध गराउने सुरक्षा प्रत्याभूतिमा मात्र भर पर्न नसक्ने बताएका छन् ।
Read full story at source (barnanmedia.com)