दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन
khabarhub.com · Mon Aug 10 09:31:29 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवका रूपमा काम गरेका व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । आयोगले देउवा प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका भानु देउवा तथा दाहालकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको स्रोतबारे छानबिन थालेको हो । अख्तियारनिकट स्रोतका अनुसार भानु देउवाको सम्पत्तिबारे विस्तृत अनुसन्धानका लागि आवश्यक विवरण संकलनको प्रक्रिया अघि बढिसकेको छ ।
आयोगले उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, बैंक खातालगायत वित्तीय विवरण, जग्गाजमिन तथा शेयरसम्बन्धी विवरण संकलन गरिरहेको छ । उजुरीका आधारमा आयोगले अनुसन्धान अधिकृत तोकेर भानु देउवा र उनको परिवारको सम्पत्तिको स्रोत तथा कारोबारबारे अध्ययन थालेको स्रोतको भनाइ छ । अनुसन्धानका क्रममा सम्पत्तिको वैधानिक स्रोत, खरिद तथा आर्जनको विवरणलगायत विषय हेरिने जनाइएको छ ।
Read full story at source (khabarhub.com)