ढल्केबरमा ट्रमा सेन्टर निर्माण नरोकिने
baahrakhari.com · Mon Aug 10 09:30:47 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् । उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका निम्ति सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको पनि बताएकी छन् ।
सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाइसकेको बताइन् ।
Read full story at source (baahrakhari.com)