‘निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलता’ : अर्थमन्त्री वाग्ले
kalakarmi.com · Mon Aug 10 09:26:51 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताएका छन् । सोमवार नेपालमा लगानी गरेका बहुराष्ट्रिय तथा ठूला करदाता २० कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए ।
उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट नीति लिएको उल्लेख गरे । ‘हामीले यस वर्षको बजेटमार्फत एउटा स्पष्ट सन्देश दिएका छौँ । सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ । हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो,’ उनले भने ।
Read full story at source (kalakarmi.com)