पश्चिमी युरोपमा गर्मीको नयाँ रेकर्ड: जुन–जुलाई अहिलेसम्मकै तातो
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ। युरोपेली सङ्घ (ईयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको देखाएको हो।
कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम २१.६२ डिग्री सेल्सियस पुगेको छ, जुन सन् २०२२ को सोही अवधिको रेकर्डभन्दा बढी हो। विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको यस महाद्वीपमा लगातार तातो हावा, उच्च तापक्रम, अत्यधिक सुक्खापन र खडेरी देखिएको छ।
Read full story at source (hamrakura.com)