प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबिच भेटवार्ता
ratopati.com · Mon Aug 10 10:32:58 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
Read full story at source (ratopati.com)