हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
onlinekhabar.com · Mon Aug 10 10:30:02 GMT 2026

२५ साउन, ढाका। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई आग्रह गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पण तथा दुई देशबीचका अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको हो।
बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको भेटमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदमुक्त हसिना त्यसयता भारतमा रहँदै आएकी छन्।
Read full story at source (onlinekhabar.com)